
काठमाडौं, २४ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छन् ।
गाजामा युद्धविरामको प्रयासका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भेट्ने क्रममा नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको बताएका हुन् ।
मिडिया रिपोर्टका अनुसार नेतान्याहूले नोबेल पुरस्कार समितिलाई पठाएको पत्र पनि ट्रम्पसमक्ष प्रस्तुत गरेका थिए ।

यस क्रममा ट्रम्पले नेतान्याहूलाई धन्यवाद दिए । ट्रम्पले भने– मलाई यसको बारेमा थाहा थिएन, धेरै धेरै धन्यवाद । यो धेरै अर्थपूर्ण छ ।
आफ्नी श्रीमती सारासँग डिनरको लागि ह्वाइट हाउस पुगेका नेतान्याहूले भेटमा ट्रम्पको खुलेर प्रशंसा गरेका थिए ।







प्रतिक्रिया