२० कार्तिक २०८३, शुक्रबार

बज्रबाराही पोखरीडाँडामा गोरेटो बाटोबाट लडेर एक जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २४ असार । मकवानपुरको थाहा नगरपालिका–६ बज्रबाराही पोखरीडाँडास्थित गोरेटो बाटोबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान थाहा–१ कुन्छाल बस्ने ६२ वर्षीय कृष्ण गोपालीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गोपाली घरदेखि अन्दाजी २ किमि दक्षिणतर्फ रहेको गोठमा बस्ने गरेको र आज बिहान बज्रबाराही बजारमा दूध बेचेर फर्कने क्रममा गोरेटोबाटोबाट अन्दाजी १० मिटर तल लडेर शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सविनबाबु अर्यालको अनुसन्धान टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।