८ असार २०८३, सोमबार

मौसमजन्य विपद् : उद्धारका लागि विपद् व्यवस्थापन विभाग ‘हाई एलर्ट’मा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई एलर्ट’मा राखेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले यसबारे जानकारी दिएका हुन् ।

“मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई एलर्ट’मा राखेको छ । सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरु आवश्यक साधन र उद्धार उपकरणसहित तैनाथ छन् र आफ्नो काम गरिरहेका छन् ।” प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, “विपद् सम्भावित क्षेत्रमा खटिएको सुरक्षा निकायको सम्पर्क नम्बरहरु सार्वजनिक गरिएको छ । सूचना समन्वयका लागि सबैलाई अनुरोध गर्दछु ।”