२३ जेष्ठ २०८३, शनिबार

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले मुख खोले, भने– पहिला भएका निर्णय ‘इन्डोर्स’ मात्रै गरेको हुँ

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले मुख खोलेका छन् । काठमाडौं टावरको विषयमा मेयर बालेन साहले भ्रष्टाचार गरेको दावी गरिरहँदा अन्ततः उनले मुख खोलेका हुन् ।

गुरागाईंले काठमाडौं टावरको नक्शा पासको विषयलाई जोडेर आफूलाई लगाइदै आएको आरोपमा कुनै पनि सत्यता नभएको बताए । पहिलै भएको निर्णय आफूले कार्यान्वयन मात्रै गरेको उनकोृ भनाइ छ ।

‘मैले पहिला भएका निर्णयहरूलाई अनुमोदन ‘इन्डोर्स’ मात्रै गरेको हो । मैले नक्शा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु,’ उनले भने, ‘सम्वन्धित निकायले मेरो कमजोरी देखायो, नियम, कानुन र प्रक्रियामा दोषि प्रमाणित गर्यो भने म कारबाही भोग्न तयार छु, तर अहिले जुन ढंगबाट लाल्छना लगाउने काम भएको छ त्यो गलत छ ।’

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै आफ्ना कारणले बजेट रोकिनु नहुनेमा जोड दिएका छन् । ‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर सा’ब तथा उपमेयरज्यु र जनप्रतिनिधिका निर्णयहरुमा बाधक बन्दिनँ भनेर पनि मैले भन्दै आएको छु,’ उनले भने, ‘तर, अहिले जुन ढंगले बजेटसँग टावरको विषयलाई जोडिएको छ, त्यो जोड्नुपर्ने कारण नै होइन भन्ने लाग्छ । कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्ने वितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ।’