२९ जेष्ठ २०८३, शुक्रबार

एमालेको सबै जिल्ला अधिवेशन सकियो, पालिकाको ९८ प्रतिशत सम्पन्न

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । नेकपा (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका, ९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीको अधिवेशन सकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

महासचिव पोखरेलले निर्वाचन सबै प्रदेश कमिटीसँगको बैठकपछि शनिबार पार्टी निर्वाचन आयोगको बैठकको रिर्पोटिङको आधारमा यो जानकारी गराएकमा हुन् । निर्धारित समयमा नै अधिवेशनहरु सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई पोखरेलले धन्यवाद ज्ञापान गरेका छन् ।

निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार पालिकातर्फ बढीमा १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ । ती अधिवेशनहरु विभिन्न कारणले रोकिएका छन् । पार्टीको आन्तरिक व्यवस्थापनपछि तत्काल तिनीहरुको अधिवेशन सक्ने सुब्बाले जानकारी दिए ।

यसैगरी, करिब ६ हजार वडाका अधिेशनहरु सकिएका छन् । बाँकी रहेकाहरुको पनि विधान महाधिवेशनभन्दा पहिला नै सक्नेगरी काम अघि बढाएको छ ।

महासचिव पोखरेलले निर्वाचन आयोगको व्यवस्थापनमा प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनहरु सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका छन् । पार्टीका २३ वटा जनसंगठन मध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छ ।