१० असार २०८३, बुधबार

सरकारबाट बाहिरिने नाउपाको निर्णय

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीको मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

शनिबार बसेको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको र पार्टीका तर्फबाट राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले राजीनामा दिने तयारी गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । आगामी २३ गतेको संसद् बैठकमा आफूहरु प्रतिपक्षमा बस्नेत अध्यक्ष श्रेष्ठले बताइन् ।