
कपिलवस्तु, २१ असार । कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ झिंगाहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५५ वर्षीय बेचन तेली रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
प्रहरीका अनुसार तेली पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि शिवराज अस्पताल बाहादुरगञ्ज लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।








प्रतिक्रिया