३१ जेष्ठ २०८३, आइतबार

उदयपुरमा एमाले प्रवेशको लहर

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, २१ असार । पछिल्लो समय उदयपुरमा एमाले प्रवेशको लहर चलिरहेको छ । उदयपुरमा पछिल्लो समय एक हजारभन्दा धेरैले कांग्रेस, माओवादी केन्द्र, रास्वपा, जसपा लगायतका पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

जिल्लाको चौदण्डीगढी नगरपालिकामा मात्रै ५ सयभन्दा धेरै स्थानीयहरु विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । चौदण्डीगढी नगरपालिकामा हिजो र आज गरी दुई दिनमा मात्र ४७ जना एमाले प्रवेश गरेका छन् । हिजो शुक्रबार मात्र नगरको वडा नम्बर ८ स्थित बेसरामा ३५ जना स्थानीयहरुले एमाले रोजेका हुन ।

शनिबार आज पुनः नगरकै वडा नम्बर १ गायोघारी र विर्ताका १२ जनाले एमाले पार्टी रोजेका हुन ।

पछिल्लो समय एमाले प्रवेश गर्नेहरुले देशलाई समृद्धिको यात्रामा लैजाने भए देशमा एमालेको एकल सरकारको आवश्यकता रहेको भन्दै आफूहरु एमाले प्रवेश गरेको बताएका छन् । उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले देखेको सपना पूरा गर्न आफूहरु एमाले प्रवेश गरेको बताउँदै अब देश एमालेमय बनाउन आह्वान समेत गरे । उनीहरुलाई एमाले प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी र नगर कमिटीका पदाधिकारीहरुले एमाले प्रवेश गराएका थिए ।