२० असार २०८३, शनिबार

‘मेरी बास्सै’की ‘अप्सरा आमा’को निधन

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असार । चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा ‘अप्सरा आमा’को भूमिकाबाट दर्शकमाझ लोकप्रिय बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन् । पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन् ।

लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा केही फिल्ममा पनि अभिनय गरेकी थिइन् ।