५ असार २०८३, शुक्रबार

नेपाली सडकमा सयभन्दा बढी टीएम१

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असार । “कमाइको राजा” भनेर परिचित टीएम१ले नेपालभरिका विभिन्न साना तथा मझौला व्यवसायहरूमा १०० भन्दा बढी युनिटहरू सफलतापूर्वक सञ्चालनमा ल्याएर एक महत्वपूर्ण उपलब्धि हासिल गरेको कम्पनीले जनाएको छ । नेपाली व्यवसायीहरूबीच टीएम१ को बढ्दो लोकप्रियता र विश्वास झल्काउने यस विशेष उपलब्धिलाई केक काट्ने कार्यक्रममार्फत उल्लासपूर्वक मनाइएको छ ।

यस अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उनीहरूको सहभागिताले कार्यक्रममा थप उत्साह र ऊर्जा भरेको थियो ।

टीएम१ आजको दिनमा नेपालमा केही अर्थपूर्ण काम गर्ने र आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको छ । ताजा तरकारी बजारमा पुर्‍याउन होस् वा पानी, दूध, ग्यास सिलिन्डर जस्ता दैनिक उपभोग्य सामान वितरण गर्न होस्, टीएम१ को भरपर्दो प्रदर्शन, उच्च दक्षता र नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको कम्पनीको भनाई छ ।

व्यवसायीलाई आफ्ना आवश्यकता अनुसार छनोट गर्न सहज बनाउने गरी टीएम१ दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट)मा उपलब्ध छ। विश्वकै नम्बर १ सीएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी एनईडीसी रेन्ज प्रदान गर्छ, जसले गर्दा यो शहरी डेलिभरीका लागि विशेष उपयुक्त मानिन्छ ।

एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण टीएम१ ले कम मर्मत खर्चमै अत्यधिक फाइदा दिने सवारीको रूपमा निरन्तर आफूलाई प्रमाणित गरिरहेको कम्पनीले जनाएको छ ।