११ असार २०८३, बिहिबार

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बनमा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । थाइल्याण्डकी प्रधानमन्त्री पेटोङतार्न सिनावात्रा निलम्बनमा परेकी छिन् ।

थाइल्यान्डको संवैधानिक अदालतले उनलाई निलम्बन गरेको हो । प्रधानमन्त्री सिनावात्राले पूर्वकम्बोडियाली नेता हुन सेनसँग टेलिफोनमा ‘अंकल’ भन्दै बोलेको वार्तालाप सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो ।

अदालतले उनलाई आफ्नो बचाउ पेस गर्न १५ दिनको समय दिएको छ ।