
काठमाडौं, १६ असार । आईपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का फास्ट बलर यश दयालविरुद्ध विवाहको बहानामा बलात्कार र यौन शोषणको गम्भीर उजुरी दर्ता भएको छ ।
गाजियाबादको इन्दिरापुरममा बस्ने एक युवतीले अनलाइन पोर्टलमा आफ्नो उजुरी दर्ता गराएकी हुन् ।
युवतीले आफू विगत ५ वर्षदेखि दयालसँग सम्बन्धमा रहेको दाबी गर्दै यस अवधिमा दयालले आफूमाथि शारीरिक, मानसिक र आर्थिक उत्पीडनका साथै आक्रमण र ठगी गरेको आरोप लगाएकी छन् ।
यस अवधिमा दयालले आवश्यक पर्दा उनीबाट पैसा पनि लिएको बयानमा रेकर्ड गरिएको छ । युवतीसँग प्रमाणको रूपमा दुई बीचको कुराकानीको स्क्रिनसट, भिडियो कल रेकर्ड र तस्वीरहरू रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
युवतीले १४ जुनमा महिला हेल्पलाइनमा पनि उजुरी दर्ता गराएकी थिइन् ।








प्रतिक्रिया