१८ असार २०८३, बिहिबार

सांसद प्रभु साहले रोष्ट्रममै च्याते निजामती विधेयक

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । सांसद प्रभु साहले संसदको रोष्ट्रममै निजामति विधेयक च्यातेका छन् ।

संसदमा प्रस्तुत भएको विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै उनले च्यातेका हुन् । विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने उनको दावी छ ।

साहले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयोग बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ । यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन् ।’

उनले बैठक नै बहिष्कार समेत गरेका छन् ।