२१ जेष्ठ २०८३, बिहिबार

आफताब आलमको मुद्दा पुनरावेदन गर्न माग गर्दै सांसद सुमनाले महान्यायाधीवक्तालाई लेखिन् पत्र

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ज्यान मुद्दामा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासबाट सफाइ पाएका काँग्रेस नेता आफताब आलमविरूद्व पुनरावेदनमा जान माग गर्दै महान्यायाधिवक्तालाई पत्र पठाएकी छिन् ।

उनले आज महान्यायाधीवक्तालाई पत्र पठाएकी हुन् । उच्च अदालतको फैसलाले पीडित तथा सर्वसाधरणलाई मर्माहत र आक्रोशित बनाएको उनको भनाइ छ ।

‘राजनीतिक व्यक्तिको संलग्नता रहेको अपराध भएको कारणले तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय गरेकोमा सर्वोच्च अदालतको आदेश पछि, घटना घटेको एक दशक पछि मात्र मुद्दा चलाइएको थियो। तर, अहिले आएर उच्च अदालतबाट अभियुक्तलाई सफाइ दिने गरी अनपेक्षित फैसला भएको हुँदा सो फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरी मुद्दाको उचित प्रतिरक्षा गर्न ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले महान्यायाधीवक्तालाई लेखेको पत्रका उल्लेख छ।

गत जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इज्लासले आलमसहित चार जनालाई सफाइ दिएको थियो।