२९ जेष्ठ २०८३, शुक्रबार

मदन जयन्तीमा चितवनको दासढुंगामा फाउण्डेसन र युवा संघको वृक्षारोपण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १४ असोज । जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर चितवनको दासढुंगामा वृक्षारोपण गरिएको छ । मदन भण्डारी फाउण्डेसन चितवन र राष्ट्रिय युवा संघ भरतपुरले छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेका हुन् ।

फाउण्डेसनले दासढुंगाको माथिल्लो भागमा वृक्षारोपण गरेको छ । फाउण्डेसनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईका अनुसार आँप, लिची, अम्बा, अमला, कागती, कोइराला, चिउरी, जामुन, तेजपात, बडहर, बेल, लप्सी, निम लगायतका बिरुवा रोपिएको थियो । फाउण्डेसनले नवनिर्मित भवन प्राङ्गणमा एक सय १० वटा बिरुवा रोपेको वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले जानकारी दिए ।

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले नेताहरु प्रभात बराल, दावा लामा, कृष्णभक्त पोखरेल, हरि सापकोटा, कमल पाठक, श्याम विष्ट, प्रकाश ढुंगाना लगायत सहभागी भएका थिए ।

यसैगरी, राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीले दासढुंगाको पार्क वरपरको क्षेत्रमा वृक्षारोपण गरेको छ । अध्यक्ष राम कार्कीका अनुसार विभिन्न फलफूल, सुगन्धित फूल प्रजातिका बिरुवाहरु रोपएको हो । यस अवसरमा दुई सयभन्दा बढी विरुवा रोपिएको उपाध्यक्ष सागर बम्जनले जानकारी दिए । यस अवसरमा एमाले नेताहरु देवी ज्ञवाली, प्रभा बराल, दावा लामा, कृष्णभक्त पोखरेल, हरि सापकोटा, कमल पाठक मदन भण्डारी फाउण्डेसनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई सहभागी थिए । युवासंघका केन्द्रीय सदस्य अमृता भट्टराई, शंकर अधिकारी, पूर्व केन्द्रीय सदस्य शिवु ढकाल लगायत ठूलो संख्यामा युवा तथा पार्टी नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम संवत् २००९ साल असार १४ गते भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघुमा सामान्य कृषक परिवारमा उनको जन्म भएको थियो ।

वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जननेता भण्डारीसहित तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित सवार जीप रहस्यमय ढुंगबाट दुर्घटना परी उनीहरुको निधन भएको थियो ।

मदन–आश्रित दुर्घटनास्थललाई राजनीतिक तीर्थस्थलको रुपमा विकास गर्नका लागि मदन भण्डारी फाउण्डेसन लगायत एमाले र जनवर्गीय संगठनहरुले दासढुंगामा विभिन्न विकास निर्माण र रचनात्मक कार्य गर्दै आएका छन् ।