२५ जेष्ठ २०८३, सोमबार

इजरायल–हमासबीच अर्को हप्ता युद्धविराम हुने ट्रम्पको दाबी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविरामका लागि इजरायल–हमासबीच अर्को हप्तामा सम्झौता हुनसक्ने बताएका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले यस्तो बताएका हुन् ।

गाजामा युद्धविराम सम्झौताको बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘हामीलाई लाग्छ कि हामी अर्को हप्ता युद्धविराम पाउनेछौँ ।’

मिडिया रिपोर्टका अनुसार ट्रम्पले गाजा युद्ध अन्त्य गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि दबाब बनाइराखेका छन् ।

२० महिनादेखि चलिरहेको गाजा युद्धमा इजरायलले १,२०० नागरिक गुमाएको छ भने गाजा स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा ५६ हजार बढी प्यालेष्टिनी मारिएका छन् ।