
काठमाडौं, १४ असार । भारतीय अभिनेत्री तथा मोडल शेफाली जरीवालाको निधन भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार शेफाली मुम्बईको अन्धेरी लोखंडवाला क्षेत्रमा बस्थिन् । अचानक गएराति ११ बजेतिर उनले छाती दुख्ने गुनासो गरिन् । उनका पति पराग त्यागीले उनलाई नजिकैको अस्पताल लगे, जहाँ डाक्टरहरूले उपचार सुरु हुनुभन्दा अगाडि नै उनलाई मृत घोषित गरे । अस्पतालका कर्मचारीले शेफाली जरीवालालाई मृत अवस्थामा ल्याइएको पुष्टि गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार ४२ वर्षीया शेफालीको हृदयघातका कारण मृत्यु भएको हो । उनको शव पोस्टमार्टमको लागि कूपर अस्पताल पठाइएको छ ।
‘कांटा लगा गर्ल’ भनेर चर्चित भएकी शेफालीले अक्षय कुमार र सलमान खानसँग फिल्म ‘मुझसे शादी करोंगी’ मा काम गरेकी थिइन् ।









प्रतिक्रिया