७ असार २०८३, आइतबार

सेरेसले नेपालभर सुरु गर्‍यो ‘मनसुन एक्सचेन्ज क्याम्प’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेपालमा विद्युतीय गाडी बजारमा अग्रणी ब्रान्डको रूपमा परिचित सेरेस नेपालले ‘मनसुन एक्सचेन्ज क्याम्प’को औपचारिक सुरुवात गरेको छ ।

असार १२ गतेदखि सुरु भएको ‘मनसुन एक्सचेन्ज क्याम्प’ असार १८ गतेसम्म सञ्चालन हुनेछ । जसअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस३मा अपग्रेड गर्ने सुनौलो अवसर पाउने कम्पनीले बताएको छ । यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको कम्पनीको भनाइ छ ।

यस लिमिटेड टाइम इनिसियटिभको क्रममा सेरेसले ग्राहकहरूलाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि इन्डस्ट्रीकै बेस्ट मूल्य प्राप्त गर्ने सुनिश्चितताका लागि धेरै फाइदाहरू प्रदान गर्दैछ । योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लसबीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेशछन्जुन सबै सेरेस ईभीमा ट्रान्जिसनलाई अझ फाइदाजनक र पहुँच योग्य बनाउनका लागि डिजाइन गरिएको हो ।

आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ । नेपालमा यसको सेरेस३ मोडलले आफ्नो शक्ति र इन्जिनियरिंग उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४,४६० मिटरउचाइको कठिन कोरलानाका पारगरेर इतिहास बनाएको छ। अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको ‘२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकलशो’ मा तीन वटा ‘बेस्टईभी’ अवार्ड जितेर आफूलाई त्यसक्षेत्रकै अग्रणीईभीको रूपमा पुनः प्रमाणित गरेको छ ।

सेरेस चीनका नाफा कमाइरहेका गाडी निर्माता कम्पनीहरू मध्ये एकहो । यी सफलतासँगै सेरेसले नेपालको बढ्दो ईभी बजारमा अन्तर्राष्ट्रिय भरोसा र दीर्घकालीन विश्वास पनि सँगै लिएर आएको छ ।

यो योजना नेपालभरका सबै आधिकारिक सेरेस शोरूमहरूमा असार १२ गतेदेखि १८ गते सम्म उपलब्ध हुनेछ । ग्राहकहरूलाई नजिकको शो रूममा गएर यो अफरको फाइदा लिन र इलेक्ट्रिक गाडीको प्रत्यक्ष अनुभव गर्न आग्रह गरिएको छ ।