
दमक, १३ असार । झापाको दमकमा नियमित नाटक मञ्चन गरिरहेको कदम थिएटरले यसपटक नाटक ‘आयोजना नम्बर १६०’ प्रदर्शन गरिरहेको छ ।
५ असारदेखि कदम थिएटरको पाइवाइला हिममानाटक मञ्चन गरिरहेको हो । नाटक १५ असारसम्म मञ्चन हुने कदम थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी दिए ।
नाटक साँझ ५ः१५ देखि नियमति मञ्चन हुँदै आएको छ । भारतीय नाटककार अजय शुक्लाको हिन्दी नाटक ‘ताजमहलका टेन्डर’लाई नवीन भण्डारीले नेपालीमा रूपान्तरण गरेर यो नाटक कदममा मञ्चन गरिएको उनले बताए । नाटकमा सरकारी सुशासनलाई प्रश्न गरिएको छ । सरकारले कसरी हचुवाकोभरमा आयोजना ल्याउँछ र कसरी अलपत्र पार्छ भन्ने देखाइएको दाहालले बताए ।
उनका अनुसार कर्मचारीतन्त्रले लोभमा फसेर कसरी सरकारी ढुकुटीमा राज गरिरहेका छन् भन्ने देखाएको छ। नाटक पूर्णतः कमेडी रहेको उनले बताए ।
नाटक ‘आयोजना नम्बर १६०’ मा एक जना सत्ता सञ्चालक र स्थानीय सरकार मानिएको कर्मचारीतन्त्रलाई गहिरो प्रश्न गरिएको छ ।
कदम थिएटरमा मञ्चन भइरहेको नाटक ‘आयोजनानम्बर १६०’मा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंगक्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभियनय गरेका छन् । यो नाटक यिनै १० कलाकारले निर्देशन गरेका हुन् । लाइटमा आयुष भण्डारी छन् ।








प्रतिक्रिया