१३ असार २०८३, शनिबार

मनमोहन स्मृति प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । नेपालका लोकप्रिय तथा पहिलो निर्वाचित कम्युनिष्ट पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १०५औँ जन्मजयन्तीको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

आज सम्पन्न शिविरको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन् गरेका हुन् ।

मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो भन्ने मूल मन्त्र बोक्नु भएका नेता मनमोहन अधिकारीको सम्झनामा आयोजित शिविरले उहाँको समाजवादी दृष्टिकोणको जीवन्त अभ्यास गरेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

उनले सबै सहभागी चिकित्सक टोली, स्वयंसेवक तथा सेवाग्राहीप्रति आभार प्रकट गर्दै यस्तो कार्यक्रम नियमित रूपमा हुनुपर्ने आवश्यकता पनि औँल्याएका छन् । ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी गरिएको यो शिविरले ललितपुर महानगरपालिका क्षेत्रका करिब २०० जनालाई सेवा दिएको मनमोहन स्मृति प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत आशिष रेग्मीले जानकारी दिए ।

स्वास्थ्य शिविरमा वीर अस्पतालका पूर्व निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेल, जेरियाट्रिक विशेषज्ञ डा. उमेश बोगटी, आन्तरिक रोग विशेषज्ञ डा. अनन्त अर्याल लगायत वरिष्ठ चिकित्सकहरूको टोलीले सेवा दिएका थिए ।