१२ कार्तिक २०८३, बिहिबार

दृष्टि साप्ताहिकका अध्यक्ष श्रेष्ठ र कार्यकारी सम्पादक सुब्बासँग धरौटी माग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । अदालतको अवहेलनासम्बन्धी मुद्दामा ’दृष्टि न्युज’ अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग विशेष अदालतले २५र२५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले बिहीबार उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

दृष्टि न्युजमा गत असार ८ गते ’विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटासहित ५ जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।