२८ जेष्ठ २०८३, बिहिबार

मन्जुश्रीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असार । मञ्जुश्री फाइनान्सले खल्तीसँगको सहकार्यमा डिजिटल वालेटमार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ ।

मन्जुश्री फाइनान्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नविनतम प्रविधिले वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउनेछ । खल्तीमार्फत् आफ्नो वित्तिय कारोबार गरिरहेका ग्राहक सदस्यहरुले सजिलै मन्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नेछन् । यसले वित्तीय संस्थामा गएर खाता खोल्नका लागि खर्चनु पर्ने समय बचत हुनेछ भने वित्तिय कारोबार गर्न झनै सहज हुने विश्वास रहेको मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिलसिनाले बताए ।

यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिनादेखि ६० महिनासम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा सुरु गरिएको ‘स्मार्ट डिपोजिट जस्तो डिजीटल बचत फिचरले नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन थप सहयोग पुर्‍याउने विश्वास छ । यस्ता नविनतम प्रविधिमार्फत प्रदान गरिने सेवा तथा सुविधाले डिजिटल समावेशीकरणलाई बलियो बनाउने र दीगो आर्थिक समृद्धिमा टेवा पुर्‍याउन योगदान दिने विश्वास गरिएको छ ।

हाल लाई यो स्मार्ट डिपोजिट सुबिधा अन्तर्गत मन्जुश्री खल्ती बचत खातामा वार्षिक ५ प्रतिशत साथै स्मार्ट रिकरिङ्ग खातामा वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ ।

निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराइरहेको छ । हालको मितिसम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्‍याउँदै आइरहेको मन्जुश्री फाइनान्स, फाइनान्सहरुको श्रेणीमा अग्रणी स्थानमा रहेको छ ।