२९ असार २०८३, सोमबार

नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष सिंहले लिइन् शपथ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । नेशनल लाईफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

सिंहलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक कार्यक्रमका बीच बीमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्था अनुसार पद तथा गोपनियताको शपथ गराएका हुन् ।

गत असार ५ गते भएको ३७औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पुर्नगठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनःनिर्वाचित भएकी थिइन् ।

शपथ कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष ओझाले कम्पनीको पुनःनिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा नेपाल बीमा प्राधिकरणबाट कार्यकारी निर्देशक सुशीलदेव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थिति रहेको थियो ।