
काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको बयान भइरहेको छ ।
उनको विशेष अदालतमा इजलास नम्बर २ मा न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाका इजलासमा बयान भइरहेको हो ।
उनीविरूद्व पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पतञ्जली आयुर्वेदका लागि जग्गा खरिद गर्न गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको अभियोगपत्रमा उल्लेख छ ।
बयान सकिएपछि थुनछेक बहस हुनेछ ।









प्रतिक्रिया