
काठमाडौं, ११ असार । भारतका वरिष्ठ नेता लालूप्रसाद यादवले एक गम्भीर प्रश्न उठाएका छन् । बिहारका पूर्वमुख्यमन्त्री समेत रहेका यादवले पाकिस्तानविरुद्धको युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्को आदेशमा किन युद्धविराम गरेको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारलाई प्रश्न गरेका हुन् ।

उनले पहलगाममा आतंकवादी हमला गर्ने र निर्दोष नागरिकहरूको हत्या गर्ने आतंककारीहरूलाई सरकारले किन समात्न सकेको छैन यसको जवाफ कसले दिने भन्दै प्रश्न गरे ।
‘पहलगाममा आतंकवादी हमला गर्ने र निर्दोष नागरिकहरूको हत्या गर्ने आतंककारीहरूलाई सरकारले किन समात्न सकेको छैन ? अमेरिकी राष्ट्रपतिको आदेशमा किन युद्धविराम घोषणा गरियो ? यी प्रश्नहरूको जवाफ कसले दिने ?’ सामाजिक सञ्जालमा यादवको प्रश्न छ ।
गत मेमा भारत र पाकिस्तानबीच युद्धविराम भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका थिए ।
काश्मीरको पहलगाममा आतंकवादीले एक नेपालीसहित २६ जनाको हत्या गरेपछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाउँदै मिसाइल आक्रमण गरेको थियो । भारतले आक्रमण गरेपछि पाकिस्तानले पनि जवाफी आक्रमण गरेको थियो ।









प्रतिक्रिया