१८ असार २०८३, बिहिबार

मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशलाई नेपालको प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । नेपालले आउँदो अक्टोबरमा भियतनामविरुद्धको एएफसी एसियन कप छनोट खेल अगाडि बंगलादेशसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव राखेको छ।

बंगलादेश फुटबल महासंघ (बिएफए) का उपाध्यक्ष फहाद करिमका अनुसार नेपालले औपचारिक रूपमा सेप्टेम्बर फिफा विन्डोमा मैत्रीपूर्ण फुटबल खेल्ने प्रस्ताव राखेको हो।

तर, बंगलादेशले नेपालभन्दा बढी टोलीसँग खेल्ने तयारी गरिरहेको छ। प्रिमियर लिग खेल्ने हम्जा चौधरी भित्र्याएसँगै बंगलादेश फुटबल टोलीको हाइप बढेको छ। त्यसैले बंगलादेशले मैत्रीपूर्ण खेल खेल्न ७ युरोपेली राष्ट्रसँग प्रस्ताव राखेको थियो।

तर, समय तालिकाको कारण लुथिनियाबाहेक सबै राष्ट्रले बंगलादेशको प्रस्ताव अस्वीकार गरेको करिमले बताए। उनका अनुसार अफगानिस्तान, यमन र चाइनिज ताइपेई बंगलादेशका सम्भावित विकल्प हुन्। योबाहेक श्रीलंकाले आयोजना गर्न लागेको चारदेशिय फुटबल प्रतियोगिता खेल्नेबारे पनि बंगलादेशले योजना बनाइरहेको छ।

एएफसी एसियन कप छनोटमा नेपाल समूह एफमा छ। नेपालले मलेसियासँग २–० र लाओससँग २–१ को हार बेहोरिसकेको छ। अब भियतनामसँग खेल्नेछ।