३० जेष्ठ २०८३, शनिबार

साँस्कृतिक दूत तथा क्यानडा सम्पर्क समितिको अध्यक्षमा गौतम मनोनित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । अन्तर्राष्ट्रिय सांस्कृतिक दूत एवं महासंघ क्यानडा सम्पर्क समितिको अध्यक्षमा सगरमाथा आरोही तथा कलाकार सुदर्शन गौतम मनोनित भएका छन् ।

नेपाल साँस्कृतिक महासंघले नेपालको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय भूमिका निर्वाह गरेको र विशिष्ट उचाईमा पुर्याउन सफल भएको भन्दै गौतमलाई मनोनित गरेको हो । महासंघको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार क्यानडा सम्पर्क समितिको अध्यक्षमा मनोनित गरिएको हो ।

गौतमले २०५२ सालमा करेन्ट लागेर दुबै हात गुमाएका थिए । दुवै हात बिना नेपालमा पहिलो पटक खुट्टाले लेखेर एसएलसी प्रथम श्रेणीमा पास गरेका गौतमलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री कार्यालयमा बोलाएर सम्मान गरेका थिए ।

नेपाल कमर्श क्याम्पसबाट मास्टर खुट्टाले नै लेखेर पास गरेका गौतम नेपाल विद्यार्थी संघ कलेज इकाईमा पनि आवद्ध थिए । २०५९ सालतिर दुवै हात बिना खुट्टाले नै कार चलाएर विश्व कीर्तिमान बनएका थिए । २००५ मा क्यानाडाको नागरिक बनेका गौतमले २०१३ सालमा सगरमाथा आरोहण गरेका थिए ।

हाल उनी क्यानडामा बसोबास गर्छन् । त्यहाँ उनी उत्प्रेरककर्ताको साथै विभिन्न संघ संस्था तथा व्यापार व्यवसायमा संलग्न छन् । उनले चलचित्रमा अभिनय पनि गरेका छन् ।