
काठमाडौं, १० असार । नेपालका लागि दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका राजदूत अनिल सुकलालले राष्ट्रपति रामचन्द्र पौडेललाई ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा राजदूत सुकलालले दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यको राष्ट्रपतिको तर्फबाट प्राप्त शुभकामना सन्देश पनि राष्ट्रपति पौडेललाई दिए ।
समारोहमा नेपालको तर्फबाट दक्षिण अफ्रिकाका लागि वाणिज्यदूत प्रदीप कुमार श्रेष्ठ र दक्षिण अफ्रिकी कूटनीतिक नियोगका प्रथम सचिव पिटर पनि उपस्थित थिए ।









प्रतिक्रिया