१७ असार २०८३, बुधबार

नेपाल–इटाली वाणिज्य तथा उद्योग संघद्वारा वाणिज्यदूत नुगारीको स्वागत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ (एनआइसीसीआई) ले इटालीमा नियुक्त नेपालका वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ ।

आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नुगारीलाई स्वागत गरिएको हो । कार्यक्रमको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु रहेको संघले जानकारी दिएको छ ।

अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नुगारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै साझा व्यापारिक हितको प्रवद्र्धनका लागि प्रतिवद्वता व्यक्त गरे । कार्यक्रममा नेपालका लागि इटालीका वाणिज्यदूत प्रतिमा पाण्डे तथा एनआइसीसीआई बोर्ड अफ डाइरेक्टरका सदस्यहरू पनि उपस्थित थिए ।

नुगारीले दीर्घकालीन प्रगतिको लागि दिगो सहकार्य, सांस्कृतिक आदानप्रदान, र निजी क्षेत्रको संलग्नताको महत्वमा जोड दिए ।