
काठमाडौं, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा आरोपीलाई चोख्याउने गरी समिति बनाइएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आरोपीलाई चोख्याउने हिसाबले समिति बनाइएको बताएका हुन् ।
‘दुधको साक्षी बिरालो राखेर’ समस्याको समाधान नहुने भन्दै उनले शंकरदास बैरागी नेतृत्वको समिति अस्वीकार गरेको हो ।
राप्रपासँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समिति अस्वीकार गरेको छ । बैरागी आफैँ शंकास्पद व्यक्ति रहेका भन्दै रास्वपाले समिति अस्वीकार गर्दै आन्दोलन जारी रहने स्पष्ट पारेको हो । आज पनि राप्रपा र रास्वपाले संसद बहिष्कार गरेका छन् ।









प्रतिक्रिया