२६ असार २०८३, शुक्रबार

राप्रपाले आज पनि संसद् बहिष्कार गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद बहिष्कार गर्ने भएको छ ।

भिजिट भिसा प्रकरणमा रास्वपासँगै राप्रपा पनि आन्दोलित छ । सरकारले गएराति गठन गरेको छानबिन समितिले काम गर्न नसक्ने निष्कर्ष निकाल्दै राप्रपाले आज पनि संसद बहिष्कार गर्ने निर्णय गरेको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

यसअघि रास्वपाले पनि बैरागी आफैँ आरोपित व्यक्ति भएकाले उनको नेतृत्वको समिति अस्वीकार गर्ने र आन्दोलन जारी राख्ने निर्णय गरिसकेको छ ।