
काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको छानबिन समिति अस्वीकार गर्ने भएको छ ।
आरोपित व्यक्तिको नेतृत्वमा गठित समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै रास्वपाले अस्वीकार गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता मनिष झाले भने, ‘उहाँ आफैँ आरोपित हो । एउटा आरोपितले आफूमाथि छानबिन गर्न आफैँले समिति बनाउने कुरा अस्वाभाविक छ । यो केवल उहाँलाई सुनपानी छर्किनका लागि गरिएको प्रपञ्च मात्र हो । हामी यसलाई स्वीकार गर्दैनौँ ।’
हिजो राति बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । यसैबीच रास्वपाले आज पनि संसदको अवरोध कायमै राख्ने भएको छ ।








प्रतिक्रिया