१९ असार २०८३, शुक्रबार

काँग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरणमा सफाइ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । नेपाली काँग्रेसका नेता गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाई पाएका छन् ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको फैसला उल्टाउँदै सफाई दिएको हो ।

विशेष अदालतले २०७५ सालमा लामालाई दोषी ठहर गर्दै १ वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना गर्ने फैसला गरेको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध ठहर गरेको थियो ।