२३ जेष्ठ २०८३, शनिबार

अमला रोका दुई लाख धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोका दुई लाख धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेकी छिन् ।

धरौटी बुझाएर रिहा भए लगत्तै उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्नुपर्ने भएकाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

यसअघि गत शुक्रबार टोखाबाट पक्राउ परेकी रोकालाई थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले धरौटीमा छाड्न आदेश गरेको थियो ।