८ असार २०८३, सोमबार

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेद्वारा ह्विप जारी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । नेकपा (एमाले) ले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको छ।

सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘असार १० गते को बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको छ’, प्रमुख सचेतक बर्तौलाले भने ।

सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक भोलि असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दैछ ।