
– टेकराज पौडेल
हामी देश विकास भएन भन्छौँ ! नेताहरुले काम गरेनन् भन्छौँ ।
देशमा सम्पन्न भएका र निकट भबिश्यमा सम्पन्न हुन गइरहेका यी योजनाहरुले देश विकास हुँदै छ भन्ने आभास अवस्य दिनेछन् । नेपालका यी परियोजना सुरू भएको धेरै लामो समय भएको छैन ।
यी योजनाको परिकल्पनाकार को थियो ? यी परियोजना नेपालका लागि गेम चेन्जर थिए वा थिएनन ? यी योजनामा बजेट बिनियोजन कुन सरकारले गरेको थियो ? अलि छिटो सम्पन्न गर्न कार्यन्वयन पक्ष जोडबल कसले कुन सरकारले गरेको होला ?
सम्पन्न भैसकेका र केही समयपछि सम्पन्न हुने योजनारूको निम्नानुसार याद गरौँ–
-केही दिनअघि उद्घाटन भएको ग्वार्को फ्लाइओभर, ललितपुर (२०७८ बैशाखमा सुरू, २०८२ आसारमा उद्घाटन) ।
-सुनधारास्थित धराहरा (२०७५ जेष्ठ सम्पन्न, २०७८ आसारमा उद्घाटन) ।
-रानी पोखरी (२०७५–२०७७)
-भानु माध्यामिक विद्यालय (२०७५–२०७७)
-बसन्तपुर दरबार (२०७५–२०७८)
-ललितपुर गोदावरी स्थित सभाहल (२०७५–२०७८)
-बल्खु स्थित सुख्खा बन्दरगाह ९२०७७( २०८१०
-सिंहदरबारस्थित संसद भवन (२०७६–२०८२ हस्तान्तरण हुन बाँकी) ।
-भैँसेपाटीस्थित मन्त्री क्वाटर्स (२०७७–२०८१)
-मुख्यमन्त्री र प्रदेश प्रमुख भवन (२०७७–२०८१) भैँसेपाटी) ।
-रास्ट्रपति भवन र निवास (२०७७–२०८०) ।
-प्रहरी प्रधान कार्यालय र काभ्रेमा आधुनिक तालिम केन्द्र (२०७६–२०८०)
-अन्तर्राष्ट्रिय ध्यान केन्द्र लुम्बिनी ५००० जना क्षमताको (२०७७–२०८१)
-अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बुटवल (२०७७–२०८०)
-अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा (२०७२ –२०८०)
-हुलाकी सडक १२०० किमी सम्पन्न २०७४ (अझै २० प्रतिशत बाँकी)
-पुस्पलाल राजमार्ग मध्यपहाडी क्षेत्र अवस्थामा २२०० किमीको ७०५ (२०६६-७०५ सम्पन्न ३०५ बाँकी)
-मदन भन्डारी राजमार्ग (चुरे माथि) ५०० किमी निर्माण (२०७४ बाँकी ८०० किमी)
-बिराटनगर इटहरी संखुवासभा हुँदै किमाङ्गथान्का-चीन सडक (२०७४ मा सुरु भई ६० प्रतिशत काम भैसकेको छ) ।
-गैडाकोट हुँदै कालिगण्डकी करिडोर-कोरोला नाका ३५० किमी ट्र्याक खोल्ने काम साथ साथै ७० प्रतिशत काम सम्पन्न
(२०७५ मा सुरु ३० प्रतिशत बाँकी) ।
-२०७५ सालमा सुरु भएको नेपालगन्ज-सुर्खेत-जुम्ला-हुम्ला-सिमिकोट हुँदै हिल्सा सडकको करिब ५० प्रतिशत काम सम्पन्न ।
-तराईका २२ जिल्लाका प्रत्यक जिल्ला सदरमुकाम जोड्ने सडक ४ लेनमा बिस्तार र सौर्न्दर्यकरण हुँदै सम्पन्न (२०७४ सुरु २०७८ मा सम्पन्न) ।
-कलन्की फ्लाइओभर कन्सेप्ट र सम्पन्न (२०७२-२०७४) ।
-झापामा विशाल बहुउद्देश्यीय भवन निर्माण र सम्पन्न (२०७६-२०८१) ।
-त्रिभुवन अन्तरास्ट्रिय एअरपोर्टमा २४ सै घन्टा ल्यान्डिङ्ग र उडान ब्यबस्था (२०७६ देखि २०७८) ।
-काठमाडौस्थित बिमानस्थल बिस्तारको ठुलो योजना अन्तिम चरणमा (२०७८ मा सुरु हाल ७० प्रतिशत काम सम्पन्न) ।
-प्रत्यक पालिकामा १५ सैय्याको अस्पताल बनाउन निर्देशन अनुसार देशभरमा १६९ अस्पतालमा सेवा सुरु, २०९ अस्पताल रङ्गरोगन हुँदै आगामी बर्ष सम्पन्न हुने अवस्थामा र बाँकी पालिकाहरुलाई छिटोभन्दा छिटो काम अघि बढाउन निर्देशन ।
-देशभरका १६५ क्षेत्रका एक एक कम्तिमा ५ किमी सडकलाई क्षेत्रीय योजनाको लागि सिलान्यास भएकामध्य करिब ८० वटा सम्पन्न, बाँकी ८५ लाई आगामी २ बर्षसम्म सम्पन्न गर्ने ।
-पुरानो महेन्द्र राजमार्ग कपिलवस्तुको चन्द्रौटा देखि पुर्व क्षेत्र काकडभित्तासम्म ६ देखि ४ लेनमा बिस्तार अन्तरगत अबको ३ बर्षभित्र सम्पन्न हुने अवस्थामा (२०७५ देखि सुरु भई अबको तीन बर्षमा सम्पन्न हुने) ।
-मृत्यु मार्ग समेत रहेको दाउन्ने भिरको १४ किमि सडकमा पुरै ४ लेन सडक बिस्तार गर्दा भीरमा पहिरोबाट बचाउन पर्खाल निर्माणको अन्तिम तयारीमा (२०७६- हालसम्म ७० प्रतिशत काम सम्पन्न) ।
-पोखरा मुग्लिङ्ग सडक बिस्तार आयोजना अन्तिम अवस्थामा पुग्दै (८० प्रतिशत सम्पन्न २० प्रतिशत बाँकी) ।
-आगामी पुस महिनाबाट सन्चालन अवस्थामा थानकोट तल सिस्ने अनडरपास परियोजना २.६ किमी करिब १६ अरब रुपियाँमा निर्माण सम्पन्न हुने ।
-रुपन्देही र पाल्पा जोड्ने सिद्धबाबामा मृत्यु मार्ग भनेर चिनिने स्थानमा १.२ किमीको अन्डरपास परियोजना ५० प्रतिशत काम सम्पन्न (२०८० मा सुरु २०८३ मा सम्पन्न हुने) ।
-काठमाडौ निजगढ फास्ट ट्र्याक परियोजनामा ६० प्रतिशत काम सम्पन्न (२०७३ मङसिरमा सिलान्यास, २०८४ मा सम्पन्न हुने)।
– जनकपुर-जयनगर ९० किमीसम्म आधुनिक रेल लिक निर्माण र रेल खरिद र सन्चालन (२०७५-२०७८) ।
-काकाडभित्ताबाट ६४ किमी नजिक कालुघाट र ३०० किमी टाढा बनारसमा समुन्द्री मार्गको उपयोग हुने गरि बन्दरगाह निर्माण अन्तिम चरणमा ।
-दैलेखको दुल्लुमा पेट्रोलियम पदार्थको अन्वेषण र हालैको रिपोर्ट अनुसार नेपाल आगामी ५० बर्षको लागि इन्धनमा स्वाबलम्बी बन्न सक्ने स्थिति बनेको छ ।
-नवलपरासी जिल्लाको धुवादीमा फलाम खानीको उत्खनन र गुणस्तर जाचको अन्तिम तयारी अवस्थाम पुर्याउनु पनि चानचुने बिषय होइन (२०७६ मा अन्वेषण २०८० मा स्याम्पल संकलन र जाँचको लागि चीन पठाइएको) ।
-मध्ययुगिन अवस्थाको चित्रण हुने देश भरका अति आबश्यक करिब ४०० तुइनको सट्टामा केही पक्कि पुल र अधिकाश झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् (२०७२ चैत्र- २०७७ मा ४०० वटा हटेका) ।
-२०१५ सन अर्थात २०७२ सालमा गएको भुकम्पबाट क्षतिग्रस्त ब्यक्तिका छ लाख घरमध्य ९५ प्रतिशत घर निर्माण यहि समयमा भएका छन् र बिध्यालय, स्वास्थ्य चौकी, अस्पताल, मन्दिर, लगायतका करिब ९९ प्रतिशत भग्नावशेषमा पुगेका संरचना निर्माण सम्पन्न भएका छन् ।
-यो देशमा पृथ्वी नारायण शाह र बहादुर शाहको पालादेखि पछि नेपालको भूभाग घटेको । थियो तर २०७६ सालको सम्सदमा तात्कालीन प्रधानमन्त्रीले सम्सदमै संविधानमा राख्ने गरि नेपालको २८६ किमी भूभाग वृद्धि भएको छ । कुटनैतिक पहलबाट भारतीय सैनिक हाम्रो क्षेत्रबाट हटाउन भारतलाई अन्तरास्ट्रिय दबाब शृजना हुने स्थिती आएको छ ।
-बिगत इतिहासमा हाम्रो देश दक्षिण छिमेकीबाट ३ पटक नाकाबन्दी गरेर नेपाललाई निमोठ्ने गरि अन्यायमा पारिएको छ । यहि बिचमा एउटा छिमेकी सत्रु बनेको खन्डमा अर्कोले साथ देला भन्ने अभिप्रायको साथ चीनका छ वटा स्थानमा पारबहन सुबिधा पाउने गरि दुई देशबीचमा प्रोटोकलमा सिग्नेचर हुन गइ अब कहिलै नाकाबन्दी हुन नसक्ने अवस्थामा देश पुर्याइएको छ ।
-तराइको ६ जिल्लाको सिंचाई १८० हजार हेक्टर जमिनमा सिचाई र ७४ मेगावाट बिजुली निकाल्ने गरि सुनकोशी मरिन ड्राइभको काममा ३० प्रतिशत काम अघि बढिसकेको छ ।
-यहि जेष्ठ महिनामा मधेश प्रदेशका ८ जिल्लाका ६४ सडक पक्की निर्माणको ३२० किमी सडकको लागि १.२०अरब बजेट सुनिश्चित गर्दै कामको सिलान्यास (२०८२ जेष्ठमा सुरु २०८४ बैशाखमा सम्पन्न हुनु पर्ने) ।
-२०७२ सालमा उर्जा संकट समाप्त गर्न १० बर्षे कार्ययोजना निर्माण र हरेक बर्ष उर्जामा लगानी बढाउने योजना अन्तरगत २०७२ सम्म करिब १२० बर्ष सम्म ६०० मेगावाट बिध्युत उत्पादन उपयोग गरिरहेको नेपालमा उत्पादन नीति र उपयोग नितिमा ल्याएको नीतिगत परिवर्तनका कारण आज देशमा करिब ३२०० मेगावाट विद्युत उत्पादनको स्थिती बनेको छ । अझै हिउँदमा अप्रायाप्त र बर्षामा खेर जने समस्या समाधान गर्न र देशको लागि उद्योगहरुको पुरानो बक्यौता उठाउने र उध्योगहरुलाई निरन्तर बिजुली दिन निर्देशन ।
-२० बर्ष देखि थाँती रहेको टि आर सि बिधेयक ल्याउने र द्वन्दरत पक्षको सल्लाहमा बेपत्ता छानबिन र सत्यनिरूपण जस्ता महत्वपूर्ण काम गर्ने सहमतिमा ल्याउन सक्ने नेतृत्वलाई कमजोर आंकन मिल्छ ? ।
र देशमा आएको राजनैतिक परिबर्तन र त्यसले बोकेको आर्थिक दर्शनका कारण उध्योग धन्दा राज्यले चलाउन नसक्ने भन्दै ती सबै निजीकरण हुन पुगेका थिए । तर आज हिजोको सट्टामा हजारौं उद्ध्योग संचालनमा छन् ।
नेपालले खुला र पूंजीवादी अर्थतन्त्रको मनग्यै उपयोग गर्न पाएन । बहुदल आएको ४/५ बर्षभित्रै द्वन्दको सामना गर्न बाध्य भयो । १० बर्षे हिंशात्मक गृहयुद्ध र थप १० बर्ष द्वन्दको शान्तिपूर्ण समाधानको लागि समय धनराशी र नेपाली राजनैतिक क्षेत्रको उर्जा सबै त्यसैमा खर्च गर्नु पर्यो । अत्यधिक सहमतिमा २०७२ सालमा नेपालमा संघीयत लोकतान्त्रिक गणतन्त्रको संबिधान जारी भएपछि मात्र देशले बल्ल विकासको नियमित प्रगतिको श्वास फेर्न सुरु गरेको हो ।
आजको अमेरिका र युरोप बनेका पनि रातारात होइन । ती देशको भूगोलको सुगमता र प्रयाप्त आर्थिक श्रोत र विकासप्रतिको नेतृत्वको निरन्तर पहलकदमीबाट सम्भव भएको हो । अर्थात ती देशमा २÷३ सय बर्षसम्म अघि देखीको प्रारम्भले त्यो सम्भव भएको हो ।
हाम्रोमा विगतमा अर्थात राजा महेन्द्र र वीरेन्द्रको कार्यकालमा विश्वमा एक अर्काका दुस्मन र आफ्नो ग्रीपमा उक्त मुकुकलाई पार्ने र भारतले नेपाललाई गरेको अर्घेल्याईलाई ध्यान दिएर विदेशी अनुदानमा केही हजार किमी पक्की सडक ३०/४० वटा बिदेशी सहयोगमा आधारित उद्योग खुलेका थिए ।
२०७२ मा आएको भूकम्प र त्यही साल नेपालले भोग्नु परेको नाकाबन्दीको क्षतिपूर्ति गर्नु पनि यहि अवधिमा परेकोले नेपालले हाल जुन प्रगतिको पाइला अघि बढाउनु परेको छ त्यो दौडाई प्रती घन्टा ८० किमी भन्दा कमले नहुने भएको छ । देशको कुल आयबाट विकास गर्ने त एक पैसा पुग्दैन । बिगत लामो समयदेखि साधारण खर्चलाई मात्र धान्ने राष्ट्रिय बजेट बनिरहेको अवस्थामा नेपालले अति बिपन्न रास्ट्रको हिसाबमा १५ प्रतिशत भन्दा कमको ब्याजदरमा विदेशी संस्थाबाट सके अनुदान सहयोग नपाए ऋण नै ल्याउन पर्ने बाध्यता छ । देशको जिडीपिको हिसाब गर्ने हो भने नेपाल अब बिस्तारै अत्यधिक ऋणको मात्रा ५० खर्ब भन्दा बढी अनुत्पादक हुन सक्दछ ।









प्रतिक्रिया