२४ असार २०८३, बुधबार

ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । पाकिस्तानले विश्वको सबैभन्दा प्रतिष्ठित सम्मान मध्ये एक नोबेल पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पठाएको छ ।

पाकिस्तान सरकारले आफ्नो सामाजिक सञ्जाल एक्समा यो जानकारी गराएको हो । ट्रम्पले हालैको भारत–पाकिस्तान तनावको समयमा ‘निर्णायक कूटनीतिक हस्तक्षेप’ गरेकाले उनलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरेको पाकिस्तानको दाबी छ ।

यसअघि अमेरिका भ्रमणमा रहेका पाकिस्तानी सेना प्रमुख असिम मुनीरले ट्रम्पलाई नोबेल पुरस्कार दिनुपर्ने बताएका थिए ।