२३ असार २०८३, मंगलबार

इरान–इजरायल युद्धमा अमेरिका सामेल, इरानका ३ आणविक अड्डाहरूमा आक्रमण

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । जारी इरान–इजरायल युद्धमा अमेरिका पनि सामेल भएको छ ।

अमेरिका इरानविरुद्धको आक्रमणमा सामेल हुँदै इरानका ३ वटा आणविक स्थलहरूमा आक्रमण गरेको हो । यसमा फोर्डो, नातान्ज र इस्फहान समावेश छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो जानकारी दिएका छन् । उनले भने कि सबै अमेरिकी विमानहरू इरानको हवाई क्षेत्रबाट बाहिरिएका छन् । ट्रम्पले भने कि फोर्डोमा बमको सम्पूर्ण खेप खसालिएको छ ।

“सबै विमानहरू सुरक्षित रूपमा घर फर्किएका छन् । हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई छ । संसारमा अरू कुनै सेना छैन जसले यो गर्न सक्थ्यो । यो शान्तिको समय हो,” ट्रम्पले लेखे ।

अर्को पोस्टमा ट्रम्पले भनेका छन् कि इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्छ ।