१२ असार २०८३, शुक्रबार

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असार । भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ ।

बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरुलाई राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा यही असार ५ गते उद्धार गरेको हो ।

घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको र उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाको खोजी र उद्धार जारी रहेको दूतावासले जनाएको छ । साथै, उद्धार गरिएकाहरुलाई कानुनी प्रक्रिया सम्पन्न गरी नेपाल पठाइने जनाइएको छ ।