२४ जेष्ठ २०८३, आइतबार

इरानी ड्रोन कमाण्डर मारिएको इजरायलको दाबी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । इजरायलले हवाई आक्रमणमा इरानका ड्रोन कमाण्डर अमिन पोर जोडखीलाई मारेको दाबी गरेको छ । यसअघि इजरायलले जुन १३ मा ड्रोन युनिट प्रमुख तहर फरलाई मारेको थियो । त्यसबेलादेखि जोडखी ड्रोन युनिटको जिम्मेवारीमा थिए ।

इजरायलले हालसम्म १२ भन्दा बढी इरानी सैन्य अधिकारीहरूलाई मारेको दाबी गरेको छ । यसमा इरानी सेना प्रमुख मोहम्मद बघेरी, आईआरजीसी प्रमुख हुसेन सलामी लगायत अधिकारीहरुको नामहरू समावेश छ ।

इरान र इजरायलबीच शनिबार पनि युद्ध जारी छ । इरानले बिहान तेल अभिभ र इजरायलका अन्य शहरहरूमा क्षेप्यास्त्र आक्रमण गरेको छ । यसले धेरै भवनहरूमा क्षति पुर्‍याएको छ ।

यता इजरायलले पनि बदला लिँदै इरानको कोम र इस्फहानमा क्षेप्यास्त्र आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।