३० जेष्ठ २०८३, शनिबार

इरानको अर्को आणविक रिएक्टरमा इजरायली आक्रमण, तेहरानमा पनि हवाई हमला

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । इरान र इजरायलबीचको युद्ध चर्किंदै गएको छ ।

आज दुई देशबीचको युद्धको आठौं दिन हो । यसक्रममा इजरायलले बिहीबार इरानको खोन्डुब आणविक रिएक्टरमा आक्रमण गरेको छ । यसको केही घण्टा अघि इजरायलले अरक आणविक रिएक्टरमा पनि आक्रमण गरेको थियो ।

आक्रमण हुनुभन्दा केही समय अगाडि इजरायलले यी क्षेत्रहरू खाली गर्न चेतावनी दिएको थियो । यी दुवै ठाउँमा भारी पानी रिएक्टरहरू छन्, जुन प्लुटोनियम उत्पादन गर्न प्रयोग गरिन्छ ।

यस्तै, इजरायली लडाकु विमानहरूले बिहीबार राति इरानको राजधानी तेहरानमा पनि हवाई आक्रमण गरेका थिए ।

यसैबीच, इरानले इजरायलको च्यानल–१४ को कार्यालयलाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको मुखपत्र भन्दै आक्रमण गर्ने धम्की दिएको छ ।