
काठमाडौं, ५ असार । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे कार्यालयमा हाजिर भएका छन् ।
हिजो उच्च अदालत पाटनले उनीमाथिको कारबाही कार्यान्वयन नगर्न आदेश दिएसँगै उनी आजबाट कार्यालय गएका हुन् ।
हिजो न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनलाई स्पष्टीकरण सोधेर ६ महिनाका लागि निलम्बन गरेका थिए । निलम्बनपछि उनी अदालत पुगेका थिए ।









प्रतिक्रिया