
– कृष्ण पौडेल
कपिलवस्तु, ४ असार । कपिलवस्तुमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ ।
जिल्लाको विजयनगर गाउँपालिका-५ नौरंगिया बस्ने अन्दाज ४०/४५ वर्षीय जन्ममति यादवको चट्याङले मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।
डालपुर-नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटनास्थलमै यादवको मृत्यु भएको उनले बताएका छन् ।
शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ ।








प्रतिक्रिया