२६ असार २०८३, शुक्रबार

संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक र छिमेक लघुवित्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । प्रभु बैंक लिमिटेड र छिमेक लधुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ ।

प्रभु बैकको ९,८८२ कित्ता सेयर र छिमेक लधुवित्तको २,४४,४८० कित्ता सेयर बिक्रीका लागी आजबाट सिलबन्दी बोलपत्र खुला गरेको हो ।

कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैंकको सेयरको न्यूनतम मूल्य प्रति कित्ता १०० रुपैयाँ र छिमेक लधुवित्तको लागि सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३९० रुपैयाँ तोकेको छ ।

सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैंकको न्यूनतम १,००० कित्ताको लागि र छिमेक लधुवित्तको लागि न्यूनतम ५०,००० कित्ताको लागि आवेदन दिनुपर्ने छ ।

आवेदन आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेश गर्न सकिनेछ ।

सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघरसंस्था, कम्पनी भएमा दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।