
काठमाडौं, ३ असार । मेलिना राई र दिनेश भारतीको स्वर रहेको गीत ‘नाम के हो नानी ? चन्द्र कुमारी’ सार्वजनिक भएको छ । सार्वजनिक डान्सिङ्ग प्याटनको गीतमा मोडलद्वय बिना राउत र सुमन योगीको अभिनय रहेको छ ।
टीन्ज क्रुको प्रस्तुति रहेको गीतमा बसन्त सापकोटाको शब्द संगीत रहेको छ भने मिक्सिङ मास्टरिङ्ग जीवन बडुको रहेको छ । गीतको कोरियोग्राफर तथा निर्देशक सुरेश पाण्डेय हुन् ।
देव दोर्जेले छायांकन गरेको भिडियोलाई अनिल विष्ट प्यूठानीले सम्पादन तथा कलर करेक्सन गरेका हुन् ।
प्रिया नगरकोटीको मेकअप रहेको गीतमा देवराज र नवराजको डान्स गुरुप रहेको छ । गीत मोडल सुमन योगीको युट्युबबाट सार्वजनिक गरिएको छ ।








प्रतिक्रिया