
काठमाडौं, ३ असार । ३१ दिनयात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पाएनन् ।
मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो ।
त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँ पनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । उनले मुख्य सचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएका प्रहरीले जनाएको छ । सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो ।
अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए ।
उनी कर्णालीका मुद्दाहरु एवम् अनियमितताका विषयहरु लिएर काठमाडौं आएका हुन् ।










प्रतिक्रिया