
काठमाडौं, ३ असार । रास्वपाका सांसदहरूले निलो खादा लगाएर आएपछि प्रतिनिधि सभा बैठकमा काँग्रेसले नियमापत्ति गरेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाएका थिए। उनले संसद बैठकमा सहभागी हुँदा मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्था नियमावलीमै उल्लेख भएको विषयमा सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।
काँग्रेसको नियमापत्तिसँगै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् । भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउनुपर्ने माग राखेर वेल घेराउ गर्दै आएको छ।








प्रतिक्रिया