२१ जेष्ठ २०८३, बिहिबार

माओवादीले सिस्टमको निम्ति सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ : प्रचण्ड

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

आज चितवनस्थित निजी निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले माओवादी प्रतिपक्षमा रहे पनि सत्तापक्षको भूमिका खेल्नु परेको बताएका हुन् ।

‘हामी अहिले प्रतिनिधिसभामा प्रतिपक्षको हिसाबले कमजोर छौँ,’ प्रचण्डले भने, ‘यही कारण हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छ।’

प्रचण्डले बजेट माथिको छलफलका लागि संसद्को अवरोध हटाउनु परेको स्पष्ट पारे ।

‘दुई बुँदे सहमति गरेर संसद् खोल्नु हामी जिम्मेवार ढंगले प्रस्तुत हुनु पनि हो,’ उनले भने, ‘यदि तपाईंहरुले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भिर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ। तर, परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के गर्‍या होलारु भन्ने पनि लाग्न सक्छ।’