
काठमाडौं, २ असार । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बोलिरहँदा रास्वपा सांसदले नाराबाजी गरेपछि नेपाली काँग्रेसकी सांसद सुशीला थिङले आपत्ति जनाएकी छिन् ।
उनले उपसभामुख इन्दिरा रानालाई जोडेर रास्वपामाथि कडा टिप्पणी गरेकी हुन् ।
नियमापत्ति गर्दै उनले भनिन्, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ? परिभाषित गर्न सक्नुहुन्छ ?’ । उनले नियमापत्तिमै थपिन्, ‘५/५ जनालाई व्यक्तिलाई हस्ताक्षर गरेर विदेश पठाएको तस्करी हो कि कुन विषयको मानव तस्करी हो ?’ ।















प्रतिक्रिया