२१ असार २०८३, आइतबार

निलम्बित मेयर भरत थापा धरौटीमा रिहा

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, २ असार । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीस जीवनकुमार भण्डारीको इजलासले थापालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । भ्रष्टाचार आरोपमा उनी पक्राउ परेका थिए ।

उनीमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको आरोपसहित १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको छ ।